कोभिड महामारीका कारण प्रतिनिधिसभा बैठक स्थगित, अब १६ माघमा बस्ने

डिसी नेपाल
२ माघ २०७८ १५:०१

काठमाडौं।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन् ।
सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ । त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *