सांसद भण्डारीलाई कोरोना पुष्टि

डिसी नेपाल
२ माघ २०७८ २०:५७

काठमाडौं । बैतडीबाट निर्वाचन प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा सांसद भण्डारीलाई कोरोना पुष्टि भएको उनका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका भण्डारी यसअघि गत हप्ता प्रदेशका विभिन्न जिल्लाका पार्टीका अधिवेशन र निर्वाचित नेतृत्वको शपथग्रहण समारोहमा उपस्थित भएका थिए । विभिन्न कार्यक्रम र भीडभाडमा सहभागी भएपछि आज बिहान अस्वस्थ महसुस गरेपछि सांसद भण्डारीले कोरोना परीक्षण गरेको स्वकीय सचिव भण्डारीले बताए। उनले भने, “उहाँलाई ज्वरो, रुघाखोकी देखिएको र अवस्था गाह्रो छैन ।अहिले होमआइसोलेशनमा बसिरहेका छन् ।” भण्डारीले उनको सम्पर्कमा रहेका सम्पूर्णलाई स्वास्थ्य परीक्षण गराउन र सतर्कता अपनाउन आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *