लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, आइसियूमा उपचार जारी
काठमाडौं। कोभिड-१९ संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन।
उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ।
अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन। उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए। ‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ। उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो लाग्नेछ। त्यसकारण हाल उहाँलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ’, उनले भनेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment