सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै – Dcnepal

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

काठमाडाैं। सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन्।

मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असाेजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए। २२ असाेजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन्। उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो