ट्याक्टरबाट लडेर चालकको मृत्यु
सर्लाही। सर्लाहीमा ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ। सर्लाहीको गोडैता नगरपालिका-४ रोहवामा गुडिरहेको ना७त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नगरपालिका-७ धमौरा घर भई हाल गोडैता बस्ने १८ वर्षीय आशिर मन्सुरको मृत्यु भएको हो।
ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment