लालपुर्जा पाउँदै बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासी

डिसी नेपाल
३ माघ २०७८ १०:१५

महोत्तरी। बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाकाे लालपुर्जा पाउने भएका छन्। लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए।

डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेकाे छ। नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुन: सम्झौता गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ।

नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन्। अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खुलेकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *