सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

डिसी नेपाल
४ माघ २०७८ २१:४३

काठमाडौं। जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवती लगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरूले धेरै दुख पाउनु परेको छ । विदेश जानु पर्व केही जानकारी हासिल गरेर मात्र विदेश जानु पर्ने प्रजिअ देवकोटाले बताए ।

वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संस्थागत पहल, आवश्यक प्रमाणहरू सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अवलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क र समन्वय लगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानु पर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।

टेलिभिजनमार्फत वैदेशिक रोजगारी सम्बन्धी सचेतना मूलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । वैदेशिक रोजगारी जानेहरूले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *