सुमन दाहालको ‘तिमिसंग छुट्टिएर’ म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
५ माघ २०७८ ९:४९

केन्टकी । चलचित्र निर्देशक सुमन दाहालले तिमिसंग छुट्टिएर बोलको म्युजिक भिडियो अमेरिकाबाट सार्वजनिक गरेका छन् । गायन प्रतिभा छान्ने कार्यक्रम ‘भ्वाईस अफ नेपाल’का पहिलो बिजेता गायक सिडी विजय अधिकारीको स्वरमा रहेको यो गीतकोे भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई अमेरिकाको केन्टकी राज्यमा छायाँकन गरिएको छ। अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहर बस्दै आएका दाहाल लेक्सिन्टन र यसका आसपासका क्षेत्रमा यो गीतको भिडियो छायाँकन गरेका हुन् । गीतको भिडियोमा राजु भण्डारी र निश्मा चापागाईंको अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *