बेरोजगार भए ‘सीआइडी’का शिवाजी

डिसी नेपाल
५ माघ २०७८ ११:३३
1.6k
Shares

काठमाडौं। टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन्। बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन्।

उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए। यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए। ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन्। उनी कामको खोजी गरिरहेका छन्।

‘म यो भन्न सक्दिनँ कि मलाई धेरै अफर आइरहेको छ। छैन त छैन। एक–दुईवटा अफर छन्, तर त्यसमा रुचि छैन । म मराठी थिएटरबाट हुँ। मैले जहिल्यै पनि तिनै प्रोजेक्टमा काम गरें, जुन मलाई मनपथ्र्यो । मेरो दुर्भाग्य यो हो कि पहिलाको जस्तो शक्तिशाली चरित्र अहिले लेख्न छोडियो । यो दुवैका लागि नोक्सानको कुरा हो । एक अभिनेता भएको नाताले म राम्रो कामलाई मिस गरिरहेको छु। दर्शक राम्रो कलाकारलाई मीस गरिरहेका छन्’, शिवाजी भन्छन्।

शिवाजीका अनुसार उनलाई अहिले प्रहरी अधिकारीको भूमिकामा अफर आइरहेको छ। जुन भूमिका उनले २० वर्षयता गरिरहेका छन्। यो भूमिका अब उनी गर्न चाहँदैनन्। ‘म किन गर्छु, एउटै भूमिका म पटक–पटक गर्न सक्दिनँ। तर एसीपी प्रद्युम्नको भूमिका मेरो हृदय नजिक छ। फेरी सीआइडी सुरु भयो भने त्यो भूमिका फेरि गर्नुपर्छ। म अहिले भूमिकालाई भन्दा पनि काम नपाएर तनावमा छु’, उनले भनेका छन्।

शिवाजीले सन् १९८८ मा नसिरुद्दिन शाह र अनुपम खेरको फिल्म ‘पेस्टोनजी’बाट करियर सुरुवात गरेका थिए। उनले ‘यशवन्त’, ‘गुलाम–ए-मुस्तफा’, ‘युगपुरुष’, ‘हु तु तु’, ‘चाइना गेट’, ‘नायक’लगायतका फिल्ममा अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *