२३ हजार ४०९ परीक्षण गर्दा ११ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
५ माघ २०७८ १६:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनामा परीक्षण गर्दा ११ हजार ३५२ जजना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२८ पुगेको छ ।

उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *