कोहलपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

डिसी नेपाल
६ माघ २०७८ ९:५९

बाँके। कोहलपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट  नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

कोहलपुर–१४ स्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए।

ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *