खोटाङ जिल्ला प्रशासन कार्यालयले भिडभाड हुने कार्यक्रममा लगायो बन्देज

डिसी नेपाल
६ माघ २०७८ ११:५६

काठमाडौं। कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले भिडभाड हुने खालका कार्यक्रम गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले जिल्लामा सबै प्रकारका आमसभा, जुलुस वा धेरै मानिस भेला हुने क्रियाकलाप नगर्नेरनगराउने निर्णय गरेको हो ।

कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गोष्ठी, सेमीनार, बैठक जस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी बढीमा २५ जना ९कोभिड-१९ विरुद्धको खोपको पूरा मात्रा लगाएका व्यक्ति० मात्र सहभागी हुनेगरी गराउन सकिने निर्णय गरेको छ । कोभिड संक्रमणको खतरा दिनानुदिन बढिरहेको अवस्थामा कोभिड संकट व्यवस्थापन केन्द्रले दोहोरी, नाचघर, हेल्थक्लव, फुटसल, हाटबजार र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ ।

यस्तै, जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थानमा समय–समयमा लाग्ने हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी प्रमुख जिल्ला अधिकारीको पुर्वस्वीकृति लिएर मात्र विवाह, व्रतबन्ध, न्वरान तथा पास्नी जस्ता धार्मिक, साँस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्ने, जनस्वास्थ्यका मापदण्डको पालना गर्दै बढीमा २५ जनाको सहभागीता रहने गरी धार्मिक वा साँस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका क्रियाकलाप सञ्चालन गर्नेरगराउने निर्णय गरिएको छ ।

हलेसी मन्दिर लगायत सबै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्नेरगराउने, आगामी ७ माघदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, साथमा खोप कार्ड नभएको अवस्थामा मोबाईलमा खिचेको फोटो देखाउनुपर्ने निर्णय गरिएको प्रजिअ दाहालले जनाए ।

यस्तै, डिपार्टमेन्ट स्टोर, सुपरमार्केट वा अन्य प्रकारका पसलमा एक पटकमा १० जनाभन्दा बढी उपस्थित हुन नहुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, पटक(पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्नेगरी सञ्चालन गर्ने निर्णयमा भनिएको छ ।

कार्यालय वा पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिएर मास्क उपलव्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय वा पसलमा प्रवेश गर्न नदिने भनिएको छ ।

बैठकमा नियमित सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित गर्ने, खाली भएका अक्सिजन सिलिण्डरमा तत्काल स्वास्थ्य कार्यालयले अक्सिजन ग्याँस भर्ने, कोभिडविरुद्धको खोपलाई जिल्लाव्यापी रुपमा लगाउनका लागि स्वास्थ्य कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।

भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाएर विद्यालय, कलेज लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, पुर्व निर्धारित परीक्षा, जनशक्ति भर्ना परीक्षा लगायत सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने, जुनसुकै सेवा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिडको लक्षण देखिएमा अनिवार्य पाँच दिन क्वारेन्टीनमा बस्ने र ५ दिनपछि कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए मात्र काममा आउने निर्णय गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *