प्रदेश १ मा थप एक हजार ६० जना कोरोनाबाट सङ्क्रमित

डिसी नेपाल
६ माघ २०७८ २०:३४

काठमाडौं।  प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ तथा ५६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण देखिएकोे हो । पीसीआर परीक्षण गर्दा मोरङको विराटनगरमा ३२०, बुढीगङ्गामा १८, उर्लाबारीमा नौ, सुन्दरहरैचामा सात, कटहरीमा चार, बेलबारी र स्थानीय तह नखुलेका तीन/तीन, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा दुई/दुई तथा केराबारी, रङ्गेली, लेटाङ, सुनवर्षी र मिक्लाजुङमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा पाँच, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा चार/चार, हरिनगरमा तीन, भोक्राहा र रामधुनीमा दुई/दुई तथा कोशी गाउँपालिकामा एक र स्थानीय तह नखुलेका ११ जनामा कोरोना देखिएको छ । झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२/१२, बुद्धशान्ति र शिवसताक्षीमा ६/६, मेचीनगरमा पाँच, हल्दिबारीमा तीन, कमल र झापा गाउँपालिकामा दुई/दुई तथा गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै धनकुटाको धनकुटा नगरपालिकामा सात, छथरजोरपाटीमा तीन, महालक्ष्मीमा दुई र पाख्रिबासमा एक, उदयपुरको कटारी र स्थानीय तह नखुलेका दुई/दुई जनामा, बेलकामा एक, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक/एक जना, इलामको इलाम नगरपालिका र माईमा एक/एक, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा एक/एक तथा प्रदेश बाहिरका ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज २५ महिलासहित ४८ जना कोरोनाबाट मुक्त भएका छन् । कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५१५ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *