पत्रकार विश्वकर्माको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त

डिसी नेपाल
६ माघ २०७८ २१:१७

काठमाडौं ।टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी)को निधनप्रति नेपाल पत्रकार महासङ्घले दुख व्यक्त गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको जनाएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएका २४ वर्षीय विश्वकर्माको उपचारकै क्रममा आज बिहान निधन भएको हो । स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् ।

अछामको रामारोशन घर भएका विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायत सञ्चार माध्यममा काम गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *