कोरोना संक्रमण दर वृद्धिहुन थालेपछि अधिक जनसम्पर्क हुने कार्यालयमा छड्के

डिसी नेपाल
६ माघ २०७८ २१:४९

काठमाडौं। बाँकेमा कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले बिहीबार आकस्मिक छड्के जाँच गरेको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका संयोजकसमेत रहेका बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा संक्रमण दर क्रमिक रूपले उकालो लाग्न थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा आकस्मिक छड्के सुरु गरिएको जानकारी दिए ।

उनले भने, ‘पछिल्लो साता यता संक्रमणको दर क्रमशः वृद्धि हुँदै आएकोले अत्यधिक जनसम्पर्क र भिडभाड हुने ठाउँमा स्वास्थ्यका मापदण्ड पालना भए नभएको मास्क स्यानिटाइजर जस्ता सामाग्रीको प्रयोग भए नभएको अनुगमनका क्रममा हेरिएको छ ।’

उनले बाँकेको मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालयको आकस्मिक छड्के गरिएको तथा मास्क नलगाउनेलाई चेतावनीसहित मास्क लगाउन निर्देशन दिइएको बताए । उनले संक्रमणबाट जोगिनको लागि स्वास्थ्यका मापदण्ड कडा पर्ने योजना केन्द्रको रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *