सिभिल बैंकको खुद नाफा १४८.४१ प्रतिशतले बढ्दा वितरण योग्य नाफा कति ?

डिसी नेपाल
९ माघ २०७८ ९:४४
काठमाडौं। सिभिल बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा उत्साहजनक रहेको छ। बैंकको खुद नाफा १४८.४१ प्रतिशतले बढेर ५० करोड ४० लाख रुपैयाँ पुर्याउन सफल भएको छ। गत वर्षको सोहि अवधिमा बैंकले २० करोड  २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो दोस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको हुनाले खुद नाफा बढ्न वा पुगेको छ ।  बैंकको खुद ब्याज आम्दानी ५७.०२ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। गत वर्षको सोहि अवधीमा बैंकले ९३ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा २६ करोड ९७ लाख रुपैयाँबाट बढेर ७३ करोड २२ लाख रुपैयाँ कायम भएको छ । यो गत वर्षको तुलनामा १७१.४६प्रतिशतले धेरै हो।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ९१ अर्ब ६९ करोड रुपैयाँ भएको छ भने कर्जा प्रवाह ८३ अर्ब ४२ करोर्ड रुपैयाँ भएको छ। यसको खराब कर्जा ०.७६ प्रतिशतले घटेर ०.९४ प्रतिशतमा झरेको छ । गत वर्ष खराब कर्जा १.७०% रहेको थियो ।
यो दोस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३९ पैसा रहेको विवरणमा उल्लेख छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *