नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
७ माघ २०७८ ११:१२
60
Shares

महोत्तरी। प्रहरीले नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा गए राति नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको छ।

गए राति भारतको मधवापुर सहरबाट नक्कली नोट बोकी नेपाल छिरेका नुरुल जनकपुर जाँदै गर्दा मटिहानी नपा–२ स्थित धिरापुरचोक नजिकै नियमित जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नुरुलका साथबाट प्रहरीले नेपाली रु एक हजारका नक्कली नोट दुई थान बरामद गरेको छ ।  यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *