पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित

डिसी नेपाल
७ माघ २०७८ १३:५८
80
Shares

काठमाडौं।पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।

परीक्षा नियन्त्रक प्रा।मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् ।उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो ।

सार्वजनिक सूचना

पूर्वाञ्चल विश्वविद्यालयद्वारा पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सवै संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम ९बर्ष÷सेमेष्टर० का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू विश्वव्यापी रूपमा फैलिएको ऋयखष्म–ज्ञढ ९ओमिक्रोन भेरिएण्ट० को तीब्र संक्रमणका कारण जोखिम बढेको हुँदा मिति २०७८र१०र०९ गतेदेखि २०७८ माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रा.मोहन बहादुर बस्नेत
परीक्षा नियन्त्रक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *