‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा कसको स्वर ?
काठमाडौं।साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा कलेक्सनको काम जारी नै राखेको छ । फिल्मले हिन्दी भर्सनमा उत्तिकै राम्रो प्रतिक्रिया पाइररहेको छ ।अहिले सबैलाई फिल्मको हिन्दी भर्सनमा कसको स्वर थियो भन्ने चासो छ । यहाँ फिल्मको हिन्दी भर्सनमा कलाकारको डबिङ गर्ने केही कलाकारको नाम प्रस्तुत गरिएको छ ।
अभिनेता श्रेयस तलपडेले अल्लु अर्जुनको भूमिकामा पुष्पाका लागि आफ्नो आवाज दिएका छन् । अभिनेत्री रश्मिका मन्दानाको चरित्र श्रीवल्लीका लागि हिन्दी भर्सनमा स्मिता रोजेमेयरले भ्वाइस ओभर गरेकी छन् ।अल्लू अर्जुनको साथीको भूमिकामा अभिनय गर्ने तेलुगु फिल्म अभिनेताको हिन्दी भर्सनमा अभिनेता साहिल वैद्यले स्वर दिएका छन् । उनी फिल्म ‘शेरशाह’मा सिद्धार्थ मल्होत्राको साथीको भूमिकामा पनि देखिएका थिए ।
फिल्ममा आईपीएस अधिकारी भैरोंसिंह शेखावतको भूमिकामा अभिनय गर्ने मुख्य भिलेन फहाद फासिलको हिन्दी स्वर अभिनेता राजेश खट्टरले दिएका हुन् ।त्यस्तै मंगलम श्रीनूको भूमिकामा अभिनय गर्ने अभिनेता सुनीलको भ्वाइस ओभर कलाकार उदय सबनिसले दिएका छन् । फिल्ममा रंगीन जोली रेड्डीको भूमिका निभाउने अभिनेता धनञ्जयको स्वरमा मनोज पाण्डेले डब गरेका छन् ।
कोण्डा रेड्डीको भूमिका निभाउने अभिनेता अजय शाहलाई राजेश जोलीले आफ्नो स्वर दिएका छन् । मंगलम श्रीनुको श्रीमति दक्षायनीको भूमिका निभाउने अभिनेत्री अनुसुइया भारद्वाजको भूमिकाका लागि सबीना मौसमले स्वर दिएकी छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment