तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा फागुनबाट उडान सुरु गर्ने
काठमाडौं। तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रा।लि।बीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा माघ ३ गते सम्झौता भएको थियो ।
सम्झौता अनुरुप आगामी फागुन ८ देखि प्रत्येक आइतबार काठमाण्डौंबाट सुकिलुम्बा विमानस्थलमा उडान अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।
इलाममा हवाई उडानको यो सम्झौताको लागि पहल गरेका पूर्वका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
१६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फाी भाडा आठ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११ र ११ जनाको आउने जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको समेत उनले जानकारी दिए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment