१० हजार २५४ जना नयाँ सङ्क्रमित थपिए, १६ जनाको कोरोनाबाट मृत्यु

डिसी नेपाल
८ माघ २०७८ १६:२१

काठमाडौं । पछिल्लो २४ घण्टामा २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ४६२ जनामा पीसीआर परीक्षण गरिएकोमा ८ हजार २१२ जनामा र ५ हजार ७२५ जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *