ढुङ्गाले थिचेर एकको मृत्यु

डिसी नेपाल
८ माघ २०७८ १८:२७

काठमाडौं। मेलम्ची नगरपालिका–३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गएको छ । बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

आज दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *