किशोर मृत फेला

डिसी नेपाल
८ माघ २०७८ २१:१६

काठमाडौं। जिल्लाको हिमाली गाउँपालिका–१ मा एक बालक मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा हिमाली गाउँपालिका–१ विच्छ्याका अन्दाजी १६ वर्षीया पुष्पराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भाइ–बहिनी अभिभावक भएर बडीमालिका नगरपालिका–८ थापाबाडामा डेरामा बस्दै आएका बोहरा आज मृतावस्थामा फेला परेको जनाएको छ । बोहरा आज बिहान खाना खाने समयमा खाना खान बोलाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृतक बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आमाबुवा घरबाट हिँडिसकेको बताइएको छ । मृतक बोहराको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । कोरोनाको रिपोर्ट भने आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *