भालुको आक्रमणबाट महिला घाइते

डिसी नेपाल
८ माघ २०७८ २२:०४

मार्तडी ।जिल्लाको बुढीगङ्गा नगरपालिका–४ खडालबाडामा जङ्गली जनावर भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन् । आज घर नजिकैको जङ्गलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको छोरा राजेन्द्र रावतले जानकारी दिए ।

भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीर विभिन्न भागमा चोट लागेको रावतले बताए। घाइते महिलाको उपचारका लागि टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *