मोटरसाइकल रिपेरिङ सेन्टरमा आगलागी, ३५ लाखबराबरको क्षति

डिसी नेपाल
९ माघ २०७८ १०:३०

महोत्तरी। महोत्तरीको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलागी भएको छ। महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको रिपेरिङ सेन्टरमा आगलगी हुँदा ३५ लाख रुपैयाँ बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गए राति अचानक आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो ।

गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए । आगलगीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *