सुन साहु र चोरबीच मिलापत्र गराउने इन्स्पेक्टर छानवीनको दायरामा

डिसी नेपाल
११ माघ २०७८ १०:२४

काठमाडौं। अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु नै आर्थिक प्रलोभनमा पर्न थालेका छन्। प्रहरी अधिकारीहरुले अनुचित लाभ लिएर अपराधीलाई कानुनी कारवाहीको दायरामा नल्याई छाड्ने गरेको नयाँ विषय होइन।

आर्थिक प्रलोभनमा परेका प्रहरी अधिकारीलाई प्रहरी प्रधानकार्यालयले छानवीन गरी कारवाही पनि गर्ने गरेको छ। तर पनि केही प्रहरीहरु अझैपनि यसबाट अछुतो रहन सकेका छैनन।

यस्तै आर्थिक प्रलोभनमा परी सुन चोरीको आरोपमा मुछिएका एक व्यक्तिलाई साहुसँग मिलापत्र गराई छाडेको आशंकामा एक प्रहरी नीरिक्षकमाथि छानवीन शुरु भएको छ। महानगरीय अपराध महाशाखाका अन्तर्गत ललितपुर परिसरमा कार्यरत प्रहरी निरीक्षक सानाकान्छा रम्तेलमाथि महाशाखाले डिएसपी दुर्गा रेग्मीको संयोजकत्वमा समिति बनाएर आन्तरिक छानबिन शुरु गरेको छ।

प्रहरी नीरिक्षक रम्तेलमाथि ललितपुरको गोदावरीका सुजन बराइलीले सञ्चालन गरेको सुन पसल चोरी घटनामा सञ्चालकसँग मिलेर चोरीका अभियुक्तबाट रकम असुलेर मुद्दा नचलाई आर्थिक लाभ लिएको आरोपमा छानवीन शुरु गरेको हो।

प्रहरी नियमावली र प्रहरी आचरण विपरित कार्य गरेको अपराधीलाई आर्थिक लाभ लिएर उन्मुक्ति दिएको जस्ता उजुरी महाशाखामा परेपछि रम्तेलमाथि छानवीन शुरु भएको हो महाशाखाका प्रमुख एसएसपी वसन्तबशादुर कुँवरले प्रहरीको आचारविपरित कार्य गरेकाले उनीमाथि छानवीन शुरु भएको बताए।

छानवीनका लागि महाशाखाले ललितपुर (पीआरसीबी) प्रमुखबाट हटाएर वानेश्वर कार्यालयमा तानेको छ। उनी लामो समय अपराध महाशाखा बसेका प्रहरी अधिकारी हुन्। उनको ठाउँमा महाशाखाले प्रहरी निरीक्षक केशव बाराकोटीलाई खटाएको छ।

सुजन बराइलीले सञ्चालन गरेको पसलमा चोरी गरी ल्याइएको सुन किनबेच हुने गरेको र त्यो पसलमा चोरी गर्ने व्यक्ति पक्राउ परेपछि चोरिएको सामान फिर्ताका गर्नु लगाएर मिलेमतोमा चोरलाई छाडेको आरोप प्ररही निरीक्षक रम्तेलमाथि आरोप छ।

चोरलाई मुद्दा नचलाई मिलापत्र गराएको थाहा पाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखालाई छानवीन गर्न निर्देशन दिएको थियो। कार्यालयका एआइजी हरि पालले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएका थिए। ‘ साहु र चोरको मिलापत्र गराउने प्रहरीलाई छानवीन गर्न निर्दैशन दिइएको थियो’, महानगरीय प्रहरी कार्यालय स्रोतले भन्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *