१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

डिसी नेपाल
११ माघ २०७८ १३:२६

पर्सा। प्रहरीले बालिकामाथि बलात्‍कार गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वीरगञ्ज महानरगरपालिका-का २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यादवले डरत्रास देखाई १५ वर्षीय बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा यादवलाई सोमबार पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *