जबर्जस्ती करणी गर्नेलाई अठार वर्ष कैद

डिसी नेपाल
११ माघ २०७८ १९:२४

काठमाडौं ।नवलपरासी जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई अठार वर्ष कैद सजाय सुनाएको छ । सजाय पाउनेमा बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ ।

प्रतिवादी पौडेलले गत २०७७ साल मङ्सिर १६ गते स्थानीयवासी १० वर्ष सात महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आवश्यक प्रमाणका आधारमा पौडेललाई कसुर गरेको ठहर गर्दै आज अठार वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार एवं सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिवादी पौडेलले बाबुआमासँगै आफन्तको घरमा गएकी बालिकालाई खेलिरहेको साँझको समयमा नयाँ लुगा किनिदिने भनी ललाईफकाई घरभन्दा केही पर लगी जबर्जस्ती करणी गरेको फैसलामा उल्लेख छ । गाउँलेले थाहा पाएलगत्तै प्रहरीलाई खबर गरेपछि आरोपित पौडेल तत्कालै पक्राउ परेका थिए ।

अदालतले पीडित बालिकालाई रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ । प्रतिवादी पौडेलको आर्थिक अवस्था कमजोर रहेको र निजबाट क्षतिपूर्ति भराउने अवस्था नभएकाले अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम स्थापना भएको पीडित राहत कोषबाट पीडितलाई क्षतिपूर्ति भराउन आदेश गरेको स्रेस्तेदार पौडेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *