बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते

डिसी नेपाल
११ माघ २०७८ २०:०९

काठमाडौं ।जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशी रहेका छन् । उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सोमबार साँझ जङ्गलबाट गाउँपसेका जङ्गली बँदेललाई धपाउन खोज्दा उनीहरुमाथि आक्रमण गरेको हो ।

आक्रमणबाट जोशीसहित स्थानीय बल्देव कार्की, वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए । अर्का घाइते कार्कीको धनगढीमा तथा सार्की र जोशीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *