टेलिफोनका तार चोरी गर्ने एक भारतीय पक्राउ

डिसी नेपाल
११ माघ २०७८ २०:१२

काठमाडौं ।टेलिफोनको तार चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलबाडी घर बताउने ३२ वर्षीय मालिक बर्मन रहेका छन् । मेचीनगर–६ काँकडभिट्टास्थित भट्टराईचोकबाट पक्राउ परेका उनका साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजारसहित १६ मिटर कालो टेलिफोन तार बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बर्मनमाथि थप अनुसन्धान गरिरहेको बताइएको छ ।

मेचीनगरमा पछिल्लो एक वर्षयता टेलिफोनको तार चोरीका घटना बढिरहेका थिए । बर्मनलाई चोरी ऐनअन्तर्गत थप अनुसन्धानसँगै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *