ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता

डिसी नेपाल
११ माघ २०७८ २१:०४

काठमाडौं ।छेडागाड नगरपालिका-१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । भेरी नगरपालिका-१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ ।

सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट ५५ मिटर तल भेरी नदीमा ट्याक्टर खसेको थियो । सोमबार बेलुकी साढे ६ बजेतिर ट्याक्टर दुर्घटनामा परेको शाखाको भनाई छ । स्थानीयका अनुसार सडकबाट ट्याक्टर खसेको थियो ।ट्याक्टर धनीका अनुसार ट्याक्टरमा चालक र सहचालक सवार रहेका थिए ।

चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ । यो समाचार तयार पार्दासम्म कुनै जानकारी नआएको सूचना शाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *