अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

डिसी नेपाल
१२ माघ २०७८ ७:१४

अर्घाखाँची। अर्घाखाँचीमा कोरोना भाइरसकाे सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ । मंगलबार ३१ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या २ सय १६ पुगेको हो।

सन्धिखर्क नगरापालिकामा १४, भूमिकास्थानमा ६, मालारानी गाउँपालिकामा १, शितगंगा नगरपालिकामा ७ र पणिनी गाउँपालिकामा ३ जना नयाँ संक्रमित थपिएका हुन्। यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ७ सय ४२ पुगेको छ । काेराेनाबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *