राजस्व छलेर ल्याएको सामानसहित ट्रक चालक पक्राउ

डिसी नेपाल
१३ माघ २०७८ ८:२६

पर्सा। राजस्व छलेर भारतबाट भित्र्याइएको समानसहित ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको टोलीले एक करोड ६३ लाख रुपैयाँबराबरको सामान लोड गरिएको एउटा ट्रकलाई नियन्त्रणमा लिएको हो।

बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *