रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

डिसी नेपाल
१३ माघ २०७८ १३:१२

रौतहट। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। गरुडा नगरपालिका- ४ मा दुर्घटना हुँदा रौतहट जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको हो ।

राती करिब १२ बजे गरुडाबाट समनपुर जाने सडकमा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *