रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

डिसी नेपाल
१३ माघ २०७८ १३:१२
100
Shares

रौतहट। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। गरुडा नगरपालिका- ४ मा दुर्घटना हुँदा रौतहट जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको हो ।

राती करिब १२ बजे गरुडाबाट समनपुर जाने सडकमा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *