विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते

डिसी नेपाल
१३ माघ २०७८ १५:४७

काठमाडौं।विपद्का विभिन्न घटनामा परी पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।तनहुँको शुक्लागण्डकी नगरपालिका–११ हटियागाउँका ७५ वर्षीया महिला आगो ताप्ने क्रममा आगोले पोलेर घाइते भएकी थिइन । उनको उपचारको क्रममा मृत्यु हो ।

यस्तै, रसुवा आमाछोदिङमो गागाउँपालिका–५ गोङगाङस्थित ग्रामीण भित्री सडकमाथिबाट खसेको सुख्खा पहिरोले ग्याविनजालीमा ढुङ्गा भरिरहेका ५६ वर्षीय पुरुषलाई पुरेर ज्यान गरएको छ ।

गृह मन्त्रालय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणका अनुसार देशका विभिन्न जिल्लामा भएका विपदमा परेर अन्य जना सर्वसाधारण पनि घाइते भएका छन् । उनीहरू चट्याङ लागेर, पहिरोले पुरेर, आगलागीमा परेर र जनवारको आक्रमणमा परी घाइते भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *