पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाबाट मृत्यु, सक्रिय सङ्क्रमित ९० हजार

डिसी नेपाल
१३ माघ २०७८ १६:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनामा परीक्षण गर्दा ८ हजार १७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गरिएकोमा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६८७ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *