प्लाष्टिकको झोला विस्थापन गर्न कपडाको झोला बनाउने तालिम

डिसी नेपाल
१३ माघ २०७८ २०:४१
32
Shares

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले कपडाको झोला उत्पादनका निम्ति आजदेखि तालिम सुरु गरेको छ । मेचीनगर नगरपालिका–१२ का २० जना र अर्जुनधारा नगरपालिका–११ का २० गरी ४० युवालाई सो तालिम दिन सुरु गरिएको हो । प्रदेश नम्बर १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको रु १० लाखको बजेटमा सो कार्यक्रम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जयनारायण अधिकारीले बताए।

उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दतसमेत पुग्ने हुँदा कपडाको झोला उत्पादनका निम्ति तालिमको आयोजना गरिएको बताए। एक महिनासम्म सञ्चालन गरिने तालिमका सहभागीलाई चाहिने आवश्यक सामग्रीसमेत कार्यालयले नै उपलब्ध गराउने उनको भनाइ छ । “उहाँहरुलाई तालिम दिएर त्यसै छाड्दैनौँ”, उनले भने, “तालिममा सहभागीको समूह बनाइदिएर स्थानीय सरकारसँग समन्वय गरी रोजगारीलाई दिगो बनाउनसमेत सहयोग गर्छौं ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *