प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच स्थानीय तह निर्वाचनका विषयमा छलफल

डिसी नेपाल
१४ माघ २०७८ १२:०८

काठमाडौं। निर्वाचन आयोगले सरकारलाई स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्रीदल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन्।

शुक्रबार विहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधामन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालले भेट गरेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए। पछिल्ला दिनमा स्थानीय तह निर्वाचनको मिति तोक्ने विषयमा निर्वाचन आयोग र सरकारबीच दूरी बढ्दै गएको छ।

आयोगले वैशाखभित्रै चुनाव गरिसक्नुपर्ने बताउँदै आएको छ भने सरकारले संविधानमा उल्लेख भए अनुसार स्थानीय तहको म्याद सकिएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने बताउँदै आएको छ।

त्यसमापनि प्रधानमन्त्री देउवामाथि सत्ता सहयात्री दलहरुले तीन चरणको चुनाव एकै पटक गर्न दबाव दिन थालेका छन्। यस्तो बेलामा प्रचण्ड र नेपालले प्रधानमन्त्री देउृवासँग भेट गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *