महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद – Dcnepal

महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

महोत्तरी। सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ । सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टाेलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।

परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो