राेकिराखेकाे ट्याक्टरमा बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते – Dcnepal

राेकिराखेकाे ट्याक्टरमा बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते

सर्लाही। पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा उखु बाेकेकाे ट्याक्टरमा यात्रुबाहक बस ठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ ।

बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेकाे लु २ ख ४७५७ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे । हरिवन-९, सुखेपाेखरीमा बिग्रिएर राेकी राखेकाे ज २ त ७८१ नम्बरकाे ट्याक्टरमा बसले ठक्कर दिएकाे इलाका प्रहरी कार्यलय हरिवनले जनाएकाे छ । बाक्लाे हुस्सु र कुहिराेका कारण बस ट्याक्टरमा ठाेक्किएकाे आँकलन गरिएकाे छ।

घाइतेमध्ये एक पुरुष र एक महिलाकाे अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारकाे लागि विरगन्ज रिफर गरिएकाे प्रहरीले जनाएकाे हाे । बस चालक चालकलाई साेधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएकाे छ । ट्याक्टर चालककाेक पहिचान हुन सकेकाे छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो