ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
१४ माघ २०७८ १६:०४

काठमाडौं। ज्यान मार्ने उद्योगका आरोपमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिला गाउँपालिका–४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गराएर शाहीलाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *