प्रत्येक दिन ५२ सेकेण्डका लागि पूरै सहर ठप्प !

डिसी नेपाल
१५ माघ २०७८ १४:२६
776
Shares

काठमाडौं। पूरै सहर केही सेकेण्डका लागि ठप्प भयो भने के हुन्छ ? हामीले पूरै सहर केही समयका लागि ठप्प भएको सम्भवतः देखेका छैनौं । तर, भारतको तेलंगना राज्यमा एउटा यस्तो सहर छ जुन सहर प्रत्येक दिन बिहान ५२ सेकेण्ड समयको लागि ठप्प रहन्छ । तेलंगनाको सहर नलगोंडा नै त्यो सहर हो जो हरेक बिहान ठिक साढे ८ बजे ५२ सेकेण्डका लागि ठप्प हुन्छ ।

यो सहरले हरेक दिन बिहान राष्ट्रगानको प्रचलनलाई कायम राख्ने निर्णय गरेको छ । यहाँ हरेक दिन बिहान ठिक साढे ८ बजे सहरका प्रमुख १२ जंक्सनमा एकैचोटी राष्ट्रगान बज्छ । राष्ट्रगान बज्नासाथ पूरै सहर ठप्प हुन्छ । जो जहाँ छन् त्यहीँ उभिन्छन् । सहरका सबै नागरिक एकसाथ उभिन्छन् र एकसाथ राष्ट्रगान गाउँछन् ।

यहाँ ठिक ५२ सेकेण्डका लागि हरेक, जाति धर्म, समुदाय, विचारधाराका मानिसहरु एकसाथ राष्ट्रगान गाउनको लागि उभिन्छन् । एक वर्षअघि २३ जनवरी २०२१ मा यो सहरले यो पहल सुरु गरेको थियो । यो प्रचलन सुरु गर्न जन गण मन उत्सव समितिका अध्यक्ष कर्णती विजय कुमार र उनका साथीहरुको हात छ । यो समूहले राष्ट्रगान गाउँदा जनतामा देशभक्तिको भावनामाा वृद्धि हुने विश्वास लिएको छ । यो प्रचलनले नलगोंगाको आसपासका कैयौं अन्य साना सहरहरुलाई पनि प्रभावित पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *