बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण, २ व्यवसायिक विमान क्षतिग्रस्त
काठमाडौं। इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । इराकको सेनाले एक बयानमा शुक्रबार ६ रकेटबाट बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरिएको बताएको छ । यो आक्रमणबाट २ व्यवसायिक विमान क्षतिग्रस्त भएका छन् । यो आक्रमणका कसैको ज्यान भने गएको छैन ।
सेनाको बयानमा बताइएअनुसार आक्रमणमा इराकी एयरवेजको एक व्यवसायिक विमान पनि क्षतिग्रस्त भएको छ जो अहिले नियमित प्रयोगमा थिएन । यो रकेट आक्रमण पहिले पटक भएको होइन । पछिल्ला दिनमा यस किसिमका आक्रमणमा वृद्धि भएको छ ।
बताइएअनुसार इराकमा इरान समर्थक शिया गुटहरुले इरानी जनरल कासिम सुलेमानीको हत्याको बदला लिने कसम खाएका छन् । उनीहरुले देशबाट अमेरिकी सैनिक पूर्ण रुपमा बाहिर निस्किएपछि मात्रै आक्रमण समाप्त गर्ने शर्त राखेका छन् ।
अमेरिका नेतृत्वको गठबन्धनले गत महिना इस्लामिक स्टेट समूहविरुद्ध चलिरहेको लडाइँमा इराकी बलको समर्थन गर्ने आफ्नो लडाकु मिशनलाई औपचारिक रुपमा अन्त्य गरेको छ । यस्तोमा इराकी बलको समर्थन जारी राख्नको लागि गठबन्धनको मिशन एक सल्लाहकार मिशनमा परिणत हुनेछ र करिब २५ सय सैनिक त्यहाँ रहनेछन् ।







डिसी नेपाल







Facebook Comment