विपन्नलाई रोडट्र्याक क्लब बर्दिबासको १५० जोर न्यानो कपडा उपहार

डिसी नेपाल
१५ माघ २०७८ २१:२३

महोत्तरी । रोट्र्याक कलव अफ बर्दिबासले १ सय ५० जोर न्यानो कपडा वितरण गरेको छ । क्लबले महोत्तरीको कर्णाली भनेर चिनिने बर्दिबासको खयरमारास्थित भाङ्ग्रे, झ्याउरेमा विपन्न, गरिब तथा बालबालिकालाई सनिबार न्यानो कपडा वितरण गरेको हो ।

रोट्र्याक क्लब बर्दिबास र रोडट्र्याक कलव अफ काठमाडौं विश्वविद्यालयको सक्रियतामा चिसोको कारण समस्यामा परेका बालबालिका, वृद्ध र गरिब परिवारका १५० जनालाई न्यानो कपडा वितरण गरिएको रोडट्र्याक कलव अफ बर्दिबासले जनाएको छ ।

सबै जनालाई स्विटर, दौरा, सुरुवाल, ज्याकेट, सर्ट, पाइन्ट, गम्सा, तौली लगायत फरक(फरक न्यानो कपडा वितरण गरिएको रोडट्र्याक कलव अफ बर्दिबासका सभापति विजय पोखरेलले जानकारी दिए ।

खयरमाराको छोडके, पिपलदमा, भाङ्ग्रे, झ्याउरे, काली खोला, गर्दी जस्ता ठाउँहरू अझै बिकट मानिन्छ । जिल्लाको सबैभन्दा उच्च ठाउँमा रहेको यस ठाउँका बासिन्दा किनमेल गर्न २ घण्टा हिँडेर अझै खयरमारा बजार, बर्दिबास बजार, लालबन्दी जस्ता ठाउँमा पुग्नुपर्ने बाध्यता छ ।

यातायातको कुनै सुविधा नभएको यी ठाउँहरूमा सवारी साधनबाट आवतजावत गर्न खयरमारा खोलाको किनार नै किनार जानू पर्ने अवस्था छ ।

चुरे पहाडको टुप्पोमा रहेका यी गाउँका बालबालिका वर्षायाममा वारिपारि खोलाले ढाक्ने हुँदा विद्यालय जानबाटसमेत वञ्चित बन्ने गर्दछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *