कश्मीरमा रातभरी चलेको इन्काउन्टरमा के–के भयो ?
काठमाडौं। कश्मीर जोन पुलिसले ट्वीट गर्दै शनिबार र आइतबार अबेर राती १२ घण्टासम्म चलेको इन्काउन्टरमा ५ जना चरमपन्थीहरु मारिएको बताएको छ । आइजीपी कश्मिरको हवाला दिँदै गरिएको ट्वीटमा लेखिएको छ ‘पाकिस्तान प्रोयोजित आतंकी संगठन लश्कर ए तैयबा र जैश ए मुहम्मदका ५ आतंकवादी बितेका १२ घण्टाका क्रममा भएका २ इन्काउन्टरमा मारिएका छन् ।’
05 #terrorists of #Pakistan sponsored proscribed #terror outfits LeT & JeM killed in dual #encounters in last 12 hours. JeM commander terrorist Zahid Wani & a Pakistani terrorist among the killed. Big #success for us: IGP Kashmir@JmuKmrPolice
— Kashmir Zone Police (@KashmirPolice) January 30, 2022
ट्वीटमा बताइएअनुसार इन्काउन्टरमा मारिएका आतंकवादीहरुमा जैश ए मुहम्मदका कमाण्डर जाहिद वानी र अन्य पाकिस्तानी चरमपन्थी छन् । यो इन्काउन्टर पुलावामाको नायरा इलाका र बडगामको चरार ए शरीफमा चलिरहेका थिए । आइजीपी कश्मिरले यसलाई जम्मु कश्मिर पुलिसको लागि ठूलो सफलता बताएका छन् ।
#UPDATE | J&K: Total 5 terrorists killed in dual encounters in Pulwama (4) and Budgam (1) in the last twelve hours. JeM commander terrorist Zahid Wani & a Pakistani terrorist among the killed.
Visuals deferred by unspecified time. pic.twitter.com/xxiNt3Kk1O
— ANI (@ANI) January 30, 2022







डिसी नेपाल







Facebook Comment