भारतमा ७५ प्रतिशतले लगाए कोभिडविरुद्ध पूर्ण खोप, २४ घन्टामा ८३९ को मृत्यु

डिसी नेपाल
१६ माघ २०७८ १२:१५
40
Shares

नयाँ दिल्ली। भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन्। ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन्। ‘७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन्।

यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा नागरिकहरुलाई बधाई दिन चाहन्छु। हाम्रो खोप अभियानलाई सफल बनाउने सबै जनाप्रति गर्व महशुस गर्छु,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन्।

यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्दाभियाले देशको ७५ प्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएको बताएकी थिइन्। यसैबीच, पछिल्लो २४ घन्टामा भारतमा २ लाख ३४ हजारमा कोभिड देखिएको छ।

योसँगै भारतमा भारमा कोभिड संक्रमितको संख्या चार करोड १० लाख पुगेको छ । सो अवधिमा कोभिडबाट ८९३ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा भारतमा कोभिड संक्रमितको संख्यामा घट्ने र बढ्ने क्रम देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *