पोखराबाट १ किलो सुनसहित युवक पक्राउ

डिसी नेपाल
१६ माघ २०७८ १३:१६
352
Shares

कास्की । पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट १ किलो सुनसहित युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का रामबजार बस्ने २५ वर्षीय रेशम सुनार रहेका छन्।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *