अनेकौं बहाना बनाएर गर्लफ्रेण्डसँग १ करोड ६४ लाख रुपैयाँ लिए त्यसपछि फिर्ता नदिइ ‘मरे’
काठमाडौं। एक बेलायती युवतीले डेटिङ साइटमा भेटिएका एक युवकले आफूलाई धोका दिएको कहानी अनलाइनमा शेयर गरेकी छिन् । उनका अनुसार पहिलो पटक डेटिङ साइटमा भेटेपछि उनीहरुले एक अर्काको नम्बर लिए । विस्तारै उनीहरुको प्रेम बढ्दै गयो । युवती ती युवकसँग बिहे गर्ने सपना सजाउन थालिन् । तर, एक दिन यस्तो भयो जसले सबै कुरा बदलिदियो ।
युवतीलाई १ करोड ६४ लाख रुपैयाँ ठगेर ती युवक ‘मरे’ । युवतीले स्वयं ती धोकेबाज युवकको कहानी बताएकी छिन् जसले डेटिङ साइटमा उनीसँग प्रेमपूर्ण कुरा गरेर उनलाई धोका दिए । युवतीले आफ्नो कहानी बेलायती अखबार मेट्रोमा लेखेकी छिन् । उनको नाम गोपनीय राखिएको छ । उनका अनुसार उनले ती धोकेबाज युवकलाई २०२० को अप्रिलमा एक डेटिङ साइटमा भेटेकी थिइन् ।
केही दिनमै युवतीलाई ती युवक सच्चा र केयरिङ लाग्न थाले । केही दिनमा उनीहरुले मोवाइल नम्बर आदान प्रदान गरे र ह्वाट्सएपमा कुरा गर्न थाले । युवतीका अनुसार उनीहरुले एक अर्काका भोगाइहरु साझा गर्न सुरु गरेका थिए । उनका अनुसार उनलाई युवकले आफूलाई सुनिरहेको, बुझिरहेको र आफुहरु नजिक भइरहेको जस्तो लाग्थ्यो ।
उनलाई आफूहरु लामो समयको लागि सम्बन्धमा रहन चाहेको महसुस हुन थाल्यो । यदि सबै कुरा ठिक भएको भए उनीहरु बिहे पनि गर्थे । लकडाउनका कारण उनीहरु भेट्न सक्दैनथे तर म्यासेज, कल आदि माध्यमबाट सम्पर्कमा थिए । युवतीका अनुसार कुरा सुरु भएको करिब १ महिनापछि निकले उनीसँग पैसा मागे ।
फेशन डिजाइनरको रुपमा निकले निकै ठूलो कन्ट्रयाक्ट पाएको बताए । तर, उनका सामान टर्कीको कस्टममा रोकिएको थियो र यो पाउन उनलाई २५ हजार पाउण्ड चाहिएको थियो । युवतीले उनलाई साथीहरु वा बैंकबाट पैसा माग्न भन्दा उनले टारे । पछि उनले केही पैसा जम्मा गरेको तर अझै १५ हजार पाउण्ड कम भएको बताए । त्यतिबेला युवतीलाई केही शंका भएको थियो तैपनि उनले १५ हजार पाउण्ड दिइन् ।
निकले उनीसँग १० दिनमा पैसा फिर्ता दिने भनेका थिए तर १० दिन बितेपछि उनले पैसा फिर्ता दिनुको सट्टा अरु बहाना बनाउन थाले । यतिमात्र होइन नयाँ नयाँ समस्या बताएर युवतीसँग अरु पैसा लिन थाले । निकले कहिले गरिबीको बहाना बनाएर कहिले बिरामी भएको बहाना बनाएर पैसा माग्थे । कहिलेकाहीँ उनी ऋण तिर्नको लागि पनि पैसा माग्थे ।
यो लेनदेन २ महिना चल्यो । यस क्रममा उनले ८ पटक निकले भनेका ३ बैंक खातामा पैसा पठाएकी थिइन् । सबै गरेर उनले १ लाख २ हजार पाउण्ड (१ करोड ६४ लाख रुपैयाँ) पठाएकी थिइन् । जुन २०२० मा युवतीले निकलाई फोन गर्दा उनकी कथित छोरीले निकको मृत्यु भइसकेको बताइन् । युवतीले उनलाई निकले आफूसँग पैसा लिएको बताएपछि कथित छोरीले पैसा फिर्ता दिने विषयमा विचार गर्ने बताइन् ।
आफू ठगिएको शंका भएपछि युवतीले पुलिस र बैंकमा सम्पर्क गरिन् । त्यसपछि जाँच अगाडि बढ्यो । अहिलेसम्म एउटा बैंकबाट ट्रान्सफर गरिएको रकम फिर्ता आएको छ । अन्य बैंकहरु प्रक्रियामै छन् । पुलिसले डेटिङ एपबाट जानकारी जुटइरहेको छ । अहिले ती युवतीले अरु मानिसहरुलाई यसप्रकारको ठगीबारे सचेत गराएकी छिन् ।







डिसी नेपाल







Facebook Comment