भारतमा कोभिडः संक्रमित दर घट्दो, मृत्युदर बढ्दो
Coronavirus on scientific background
नयाँ दिल्ली। भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ। यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यांसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ।
कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन्।







डिसी नेपाल







Facebook Comment