राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास

डिसी नेपाल
१७ माघ २०७८ ११:२९
32
Shares

काठमाडौं। भारतीय मुलका प्रशिक्षक रघु राम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नेपाली टोलीसँग आवद्ध रहेको जनाएको छ।
उनी अस्ट्रेलिया क्रिकेटको हाई परफरमेन्स ( तेश्रो लेभल ) कोर्स गरेका प्रशिक्षक हुन्।

श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसंग पनि काम गरिसकेका छन्। नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिंग प्रशिक्षक नै थिए।अहिले नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी  टी–२० विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ ।

ग्लोबल छनोट खेलमा नेपाल समूह ‘ए’मा रहेको छ।  समूह ‘ए’ अन्तर्गतका खेलहरु फेब्रुअरी १७ देखि २४ आयोजना हुने कार्यतालिका रहेको छ ।उक्त समूहमा आयोजक ओमानसहित, नेपाल, जर्मनी ,फिलिपिन्स, क्यानाडा, युएई, आयरल्यान्ड, बहराईन र रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *